२०७९ माघ ११ गते ९:०३ विकासन्युज
काठमाडौं । विभिन्न कम्पनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्ने भएका छन् । कम्पनीमा रहेका संस्थापक सेयरधनीहरुले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्ने भएका हुन् । कुमारी बैंक, ग्रामीण विकास लघुवित्त र आशा लघुवित्तको गरी कूल ११ लाख ३२ हजार २८१ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएका हुन् ।
कुमारी बैंकले ३ लाख ३४ हजार ९०६ कित्ता संस्थापक सेयर बिक्री गर्ने निर्णय गरेको छ । बैंककी संस्थापक सेयरधनी मनिला कुमारी अग्रवालको नाममा रहेको उक्त सेयर बिक्रीमा राखिएको हो । बैंकको उक्त सेयरको मूल्य तोकिएको छैन ।
यस्तै, आशा लघुवित्त वित्तीय संस्थाले ७ लाख ७४ हजार ३७५ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । उक्त सेयरको न्यूनतम मूल्य ३७० रुपैयाँ तोकिएको छ । लगानीकर्ताहरूले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । लगानीकर्ताले उक्त सेयरमा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म आवेदन पेश गर्न गर्न सक्नेछन् ।
यस्तै, ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाले प्रुडेन्सियल क्यापिटल मेनेजमेण्ट कम्पनीको स्वामित्वमा रहेको २३ हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३५० रुपैयाँ तोकिएको छ । लगानीकर्ताहरुले सो वा सोभन्दा बढि मूल्य तोकि बोलकबोल गर्न सक्नेछन् ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.