सामान्य अंकले बढ्यो सेयर बजार, टेलिकमको सर्वाधिक कारोबार

  २०७९ माघ १० गते १५:४७     विकासन्युज

काठमाडौं । मंगलबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार मंगलबार सेयर बजार ८.१५ प्रतिशतले बढेर २१७३.२५ विन्दु पुगेको छ ।

नेप्सेको अनुसार आज ८३ लाख कित्ता सेयर किनबेच हुँदा तीन अर्बको कारोबार भएको छ । नेप्सेको अनुसार आज सबैभन्दा बढी नेपाल टेलिकमको १२ करोड रुपैयाँको कारोबार भएको छ ।

यस्तै, आज सानिमा जिआइसी लाइफ इन्स्योरेन्सको सेयरमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्दा कम्पनीको सेयर मूल्य ४० रुपैयाँले बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

X