२०७९ माघ १० गते १३:४२ विकासन्युज
काठमाडौं । सिभिल लघुवित्तको स्वतन्त्र संचालकमा रुद्र प्रसाद दाहाल नियुक्त भएका छन् ।
कम्पनीको सोमबारा बसेको संचालक समितिको बैठकले दाहाललाई स्वतन्त्र संचलकमा नियुक्त गर्ने निर्णय गरेको हो । काठमाडौं महानगरपालिका वडा नं. १४ बस्ने दाहालको कार्यकाल ४ वर्षको रहनेछ ।
बैंकिङ्ग क्षेत्रमा ३५ वर्ष भन्दा बढि अनुभव भएका दाहाल कृषि विकास बैंकबाट अवकास प्राप्त हुन् । वि.सं.२००८ सालमा धनकुटामा जन्मेका दाहालले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् ।
केन्द्रीय कार्यालय काठमाडौं चाबहिलमा रहेको सिभिल वित्तीय संस्थाको ७५ वटा शाखा रहेको छ । संस्थाले १४ हजार घर परिवारलाई वित्तीय सेवा मार्फत कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.