२०७९ माघ १० गते ११:०० विकासन्युज
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले प्रभु हेलिकप्टरलाई उडानमा रोक लगाएको छ । अनुमतिबिना स्याङ्जाको खेल मैदानमा हेलिकप्टर अवतरण गरेको भन्दै प्रभु हेलिकप्टर कम्पनीको सबै उडानमा रोक लगाईएको हो ।
प्रभुको हेलिकप्टरले गत माघ ५ गते स्याङ्जा जिल्लाको वालिङ फुटबल मैदानमा खेल चलिरहेका बेला बिनाअनुमति हेलिकप्टर अवतरण गरेको थियो ।
खेल जारी रहेकै बेला हेलिकप्टर अवतरण गरेपछि मैदानमा केही समय झडप भएको थियो । बिनाअनुमति हेलिकप्टर अवतरण गरेपछि विवाद हुँदा हेलिकप्टरका पाइलट रमेश डंगोललाई स्थानीयले कुटपिट समेत गरेका थिए ।
बिनाअनुमति हेलिकप्टर मानिसको भिडभएको स्थानमा अवतरण गरेको भन्दै माग ५ गतेदेखि नै क्यानले पाइलट डंगोललाई ग्राउन्डेड गरेको छ । सुरुवाती चरणमा पाइटललाई ग्राउण्डेड गरेको क्यानले कम्पनीका सबै उडानमा रोक लगाएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकारणको नियम तथा सो कम्पनीको कार्यविधि विपरित मानिसको भेला भएको ठाउँमा अवतरण गरेको भन्दै पाइलटसँगै प्रभु हेलिकप्टरलाई उडानमा रोक लगाइएको हो ।
प्राधिकरणले अर्को आदेश नभएसम्मको लागि उक्त हेलिकप्टरको पाइलटलाई उडानमा रोक लगाएको छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.