तुलसीपुरमा ऐलानी जग्गामा बनेका घरबाट कर उठाइँदै

  २०७९ माघ १० गते ९:५२     विकासन्युज

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले ऐलानी जग्गामा बनेका घरबाट कर सङ्कलन गर्ने भएको छ । घर र जग्गा प्रयोग गरेवापत नगर सेवा उपभोग शुल्क लगाउन लागिएको हो ।

उपमहानगरपालिकाको आर्थिक विकास समितिले तयार पारेको नगर सेवा उपभोग शुल्क लगाउनेसम्बन्धी मूल्याङ्कन दर स्वीकृत गरी आगामी नगरसभाबाट स्वीकृत गरेर शुल्क लैजाने तयारी गरिएको हो ।

नगरसभाले अनुमोदन गरेपछि सबै वडामा कार्यान्वयन गर्ने उपमहानगरपालिकाको तयारी रहेको छ । उपमहानगरपालिकाको नगरसभा माघ २० गते बस्ने भएको छ । कार्यपालिकाको छैटौँ बैठकले १२औँ नगरसभा बैठक माघ २० गते बस्ने निर्णय गरेको कार्यपालिका सदस्य खुसीराम चौधरीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.