मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा माघ १२ गतेदखि हुने
२०७९ माघ ९ गते १५:३२ विकासन्युज

काठमाडौं । नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा माघ १२ गतेदेखि हुने भएको छ । काउन्सिलको सूचना अनुसार परीक्षा इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकको सूचना तथा संचार प्रविधि केन्द्र, ललितपुरमा संचालन हुनेछ।
काउन्सिलले माघ १२ देखि १५ गतेसम्म परीक्षा हुने सूचनामा उल्लेख गरेको छ ।


