३८.५ प्रतिशत लाभांश वितरण गर्ने नेशनल माइक्रोफाइनान्सकाे घोषणा

  २०७९ माघ ९ गते १३:३३     विकासन्युज

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । माघ ९ गते बसेको लघुवित्त सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घाेषणा गरेकाे हाे ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ३८.५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ ।
लघुवित्तले साविकको महिला सहयात्रा लघुवित्तलाई प्राप्त गरेका कारण लाभांश कर छुट हुने व्यवस्थाले गर्दा हाल कर प्रयोजनार्थ कुनै रकम छुट्याइएको छैन ।

आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

X