२०७९ माघ ५ गते १०:०३ विकासन्युज
काठमाडाैं । स्याङ्जाको वालिङ खेलमैदानमा बुधबार सम्पन्न सेमिफाइनलमा एपिएफ क्लबलाई हराउँदै आयोजक स्याङ्जाको वालिङ युनाइटेड नीलो फाइनलमा प्रवेश गरेको छ । एपिएफलाई १–० गोलले पराजित गर्दै वालिङ निलोले उपाधि भिडन्त पक्का गरेको हो ।
उक्त खेलमा वालिङ निलोका लागि अजय मार्टिन्सले निर्णायक गोल गरेका थिए । विजयी वालिङ निलोले शनिबार वालिङ युनाइटेड रातो र एभिनियरबीच हुने खेलको विजेतासँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।
बुधबारको खेलमा वालिङ युनाइटेडका विश्वास श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए । दोस्रो सेमिफाइनल खेल आज वालिङ युनाइटेड रातो र एभिनियर फुटबल क्लब क्यामरुनबीच हुनेछ ।
वालिङ युनाइटेड फुटबल क्लबले आयोजना गरेको प्रथम वालिङ गोल्डकप स्याङ्जाकै सर्वाधिक राशिको प्रतियोगिता हो । शनिबार फाइनल खेल हुनेछ ।
हालसम्म लिस्नु फुटबल क्लब रुपन्देही, केबिएल ग्लोबल भरतपुर फुटबल क्लब चितवन, साहारा क्लब पोखरा, त्रिभुवन आर्मी क्लब काठमाडौँ र एपिएफ फुटबल क्लब काठमाडौँ प्रतियोगिताबाट बाहिरिएका छन् । प्रतियोगितामा उपाधि जित्ने टोलीले पाँच लाख तथा उपविजेताले दुई लाख ५० हजारसहित ट्रफी प्राप्त गर्नेछ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.