२०७९ माघ १ गते ११:०० विकासन्युज
काठमाडौं । नेपालको पहिलो मर्चेन्ट बैंक सनराइज क्यापिटल ३० वर्ष पुरा गरी ३१ औं वर्षमा प्रवेश गरेको छ । ३ दशक लामो इतिहास बोकेको क्यापिटल माघ १ गतेदेखि ३० वुर्ष पुरा गरेको हो । नेपालको मर्चेण्ट बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले पहिलो कम्पनीका रुपमा वि.सं. २०४९ माघ १ गते सञ्चालनमा आएको थियो ।
एनआईडिसि. क्यापिटल मार्केट्सको नामबाट संचालनमा आएको थियो । वि.सं. २०६७ मा एनआईडिसि. क्यापिटल मार्केट्सको सहायक कम्पनीका रुपमा एनसिएम मर्चेण्ट बैकिङ्गको नाममा दर्ता कायम भई बैंकिङ्ग कारोवार गर्दै आएको छ ।
सनराईज बैंंकले वि.सं. २०७३ माघ २८ मा प्राप्ती गरेपश्चात् सनराईज क्यापिटलको नामबाट सेवा दिँदै आएको छ । नेपालको पुँजी बजारको विकास र विस्तारमा निरन्तर टेवा पुर्याउदै मर्चेण्ट बैंकिङ्ग सेवा प्रदान गर्दै आएकोमा आज ३० वर्ष पूरा गरेको हो ।
३० वर्ष पूरा गरेको उपलक्ष्यमा माघ १ गतेदेखि विभिन्न सेवाहरुमा छुटका योजनाहरु ल्याएको छ :
नेपालमा पहिलो सामुहिक लगानी कोषको शुरुवात गरेको इतिहासलाई कायम राख्दै कम्पनीले हाल २ वटा म्युचुअल फण्ड ‘सनराईज फस्र्ट म्युचुअल फण्ड’ र ‘सनराइज ब्लूचिप फण्ड’ को व्यवस्थापन गर्दै आईरहेको छ ।
नयाँ म्युचुअल फण्ड ‘सनराईज फोकष्ड ईक्विटी फण्ड’ निष्काशनको क्रममा रहेको छ । हाल कम्पनीले मर्चेण्ट बैंकिङ्ग कारोवार अन्तर्गत नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सेयर निष्काशन तथा बिक्री प्रबन्धक, कोष व्यवस्थापक, सेयर रजिष्ट्रार, सेयर प्रत्याभूती, निक्षेप सदस्य, लगानी व्यवस्थापन, लगानी परार्मश सेवाको कार्य गर्दै आईरहेको छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.