२०७९ माघ १ गते ७:४८ विकासन्युज
काठमाडौं । समृद्धि फाइनान्स कम्पनीको २१ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको प्रधान कार्यालय रहेको हेटांैडा, मकवानपुरमा सञ्चालक समितिका अध्यक्ष ठाकुर प्रसाद भट्टराईकोे अध्यक्षतामा सम्पन्न भएको हो ।
फाइनान्सको सभाले सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन पारित, वासलात, नाफा नोक्सान र नगद प्रवाह विवरण, आर्थिक वर्ष २०७९÷८० लागि बाह्य लेखापरिक्षक नियुक्ति गर्ने लगायतका पारित गरेको छ ।
साथै, सञ्चालक समितिको लागि संस्थापक समुह तर्फबाट १ (एक) जना र सर्वसाधारण समुह तर्फबाट १ (एक) जना संचालकको निर्वाचन भएको छ । जसमा संस्थापक समुहबाट सुदिप घिमिरे र सर्वसाधारण समुहबाट दुर्गा थापा निर्वाचित भएका छन् ।
साधारण सभामा अध्यक्षले सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदन उपर सहभागी भएका सेयरधनीहरुबाट सल्लाह, सुझाव र जिज्ञासाहरुलाई सञ्चालक समितिका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले स्पष्ट पारेका थिए ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.