२०७९ पुष २९ गते १९:२१ विकासन्युज
काठमाडाैं । सोलार फार्मले २० लाख कित्ता सेयर सार्वजनिक गर्ने भएकाे छ । फार्मले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणहरुलाई १०० रुपैयाँ अंकित २० लाख कित्ता सेयर सार्वजनिक गर्ने भएकाे हाे ।
कम्पनीले कुमारी क्यापिटललाई यसकाे धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
उक्त सम्झौतापत्रमा सोलार फार्मका तर्फबाट सञ्चालक समितीका अध्यक्ष आष बहादुर गुरुङ्ग (मोहन) तथा कुमारी क्यापिटलका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।
सोलार फार्मको अधिकृत पूँजी ६५ करोड रूपैयाँ, जारी पूँजी ६५ करोड रूपैयाँ र चुक्ता पूँजी ४५ करोड रूपैयाँ रहेको छ ।
नेपालको पहिलो सोलरबाट विद्युत उत्पादन गर्ने संस्थाको रुपमा सन् २०१७ मा स्थापित सोलार फार्मले ५ मेगावाट क्षमताको सोलार बाट बिद्युत उत्पादन सन् २०२१ सेप्टेम्बर १४ देखि व्यवसायिक उत्पादन गरिरहेको छ ।
यो आयोजना नेपालको तनहुँ जिल्ला शुक्ला गण्डकी नगरपालिका बडा नं.५ बेल चौतारामा अवस्थित छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.