पाँच महिनामा झण्डै १ खर्बको धितोपत्र सूचीकृत

  २०७९ पुष २९ गते १७:२६     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म ९२ अर्ब ७८ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आवको पाँच महिनाको विवरणअनुसार समीक्षा अवधिमा ३५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र, २८ अर्ब ४४ करोड रुपैयाँ बराबरको ऋणपत्र, ११ अर्ब ५० करोड रुपैयाँ बराबरको साधारण शेयर, ९ अर्ब ७४ करोड रुपैयाँ बराबरको बोनस शेयर, ४ अर्ब ४९ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड र ३ अर्ब ५९ करोड रुपैयाँ बराबरको हकप्रद शेयर गरी कूल ९२ अर्ब ७८ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएको छ ।

त्यस्तै समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ७ अर्ब २० करोड रुपैयाँ बराबरको डिबेन्चर, ५ अर्ब ९५ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, २ अर्ब ४५ करोड रुपैयाँ बराबरको साधारण सेयर र ९५ करोड रुपैयाँ बराबरको हकप्रद सेयर गरी कूल १६ अर्ब ५५ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको सार्वजनिक विवरणमा उल्लेख छ ।

नेप्सेमा चालु आवको मङ्सिर मसान्तमा सूचीकृत ६ अर्ब ९३ करोड सेयरको चुक्ता मूल्य ६ खर्ब ८३ अर्ब ७६ करोड रुपैयाँ रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.