२०७९ पुष २८ गते १९:३१ विकासन्युज
काठमाडौं । नेपाल क्लियरिङ्ग हाउसले ४० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको बिहीबार सम्पन्न ११ औं साधारण सभाले ३८ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
यस पश्चात कम्पनीको चुत्ता पुँजी ७८ करोड ३३ लाख ७५ हजार ७६८ रुपैयाँ बराबरको हनेछ । कम्पनीले पूँजी वृद्धी मार्फत भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने, थप प्रणालीहरु स्थापना गर्ने, जोखिम व्यवस्थापनलाई सुढृढ बनाउने साथै नेशनल पेमेन्ट स्वीच अन्तर्गतको हाल कार्यान्वयनमा रहेको पूर्वाधार विस्तार गर्न उक्त पूँजी प्रयोग गर्ने जनाएको छ ।
आ।व। २०७८र७९ मा कम्पनीबाट फर्छौट भएका कारोबारहरुको संख्या ५७५ ले बृद्धि भएसँगै कम्पनीको खुद नाफा ४० प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्षको अन्त्यमा जम्मा इक्विटीमा २४.५ प्रतिशत प्रतिफल प्राप्त गर्न सफल भएको छ भने नेटवर्थ प्रति सेयर २५५ रुपैयाँ कायम भएको छ ।
नेपाल राष्ट्र बैंक, वाणिज्य बैंकहरु, विकास बैंकहरु र फाइनान्स कम्पनीहरु मार्फत प्रवद्र्धित यस कम्पनीमा नेपाल राष्ट्र बैंकको १० प्रतिशत र बैंक तथा वित्तीय संस्थाहरुको ९० प्रतिशत स्वामित्व रहेको छ ।
राष्ट्रिय स्तरको भुक्तानी तथा राफसाफको प्रणाली स्थापना तथा सञ्चालन गर्ने यस कम्पनीले एनसिएचएल इसिसि, एससिएचएलसआइपिएस र आरपिएस लगायतका भुक्तानी प्रणालीहरु मार्फत आ।व। २०७८र७९ मा कुल १५७।५ खर्ब बराबरको ७।०४ करोड भुक्तानी कारोबारहरु राफसाफ गरेको थियो ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.