२०७९ पुष २८ गते १०:५१ विकासन्युज
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तको पुस २७ गते बसेको सञ्चालक समितिको बैठकले २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ६.०५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद गरी कूल २१.०५ प्रतिशत प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.