सर्वसाधारणलाई पेस्तोल ताक्ने प्रहरी को हुन् ?

  २०७९ पुष २४ गते १६:३६     विकासन्युज

काठमाडौं । पुस २० गते अर्थात् गत बुधबार शंकरापुर नगरपालिका–३ लप्सीफेदी बोझेनीमा स्थानीयले विरोध प्रदर्शन सुरु गरे । नेपाल विद्युत प्राधिकरणले त्यहाँ सबस्टेशन निर्माण गर्न लागेको भन्दै स्थानीयले विरोध गरेका थिए ।

त्यो विरोध अहिलेसम्म रोकिएको छैन । शुक्रबार पनि विरोध जारी नै रह्यो । शुक्रबार स्थानीय वासिन्दाको प्रदर्शन नियन्त्रणका लागि थप मद्दत गर्न प्रहरी वृत्त बौद्धबाट टोली खटियो । टोलीमा रहेका एक जना प्रहरी निरीक्षकले प्रदर्शनमा सहभागी स्थानीयलाई ‘गोली हान्दिउँ’ भन्दै पेस्तोल ताके । अहिले त्यो भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

आन्दोलनमा उत्रिएका स्थानीय वासिन्दालाई पेस्तोल ताक्ने प्रहरी निरीक्षक (इन्स्पेकटर) विशालबहादुर बुढाथोकी भएको बुझिएको छ । उनीमाथि छानबिन पनि सुरू भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले प्रहरी निरीक्षक बुढाथोकीमाथि छानबिन सुरू गरेको प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए ।

प्रहरी निरीक्षक बुढाथोकीले गैर व्यवसायिक अभ्यास गरेकाले छानबिनका लागि समिति बनाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी मैनालीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.