साहित्यकार सागर बाबुको ‘जिन्दगीको रित’ गीतगजल संग्रह बिमोचन

  २०७९ पुष ९ गते २२:४३     विकासन्युज

स्याङ्जा । बुद्धीसागर लामिछाने साहित्यिक नाम ‘सागर बाबु’को गजल संग्रह ‘जिन्दगीको रित’ बिमोचन भएको छ । शनिबार स्याङ्जा सदरमुकाममा एक समारोहको आयोजना गरी सागर बाबुको गीतगजल संग्रह ‘जिन्दगीको रित’ बिमोचन गरिएको हो । गीतगजल संग्रहको स्याङ्जा जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जिटी, स्याङ्जा साहित्य प्रतिष्ठानका सभापति विश्वप्रेम अधिकारी र पुतलीबजार नगर कार्यवाहक प्रमुख मनोज पौडेलले संयुक्तरुपमा बिमोचन गरेका थिए ।

आफ्नो निजामती सेवाक्षेत्रमा नियमित कर्मका बाबजुद सागर बाबुले साहित्य, कला र संस्कृतिको क्षेत्रमा आफूलाई उभ्याएको भन्दै कार्यक्रमका प्रमुख अतिथि श्रीप्रसाद जीटीले प्रशंसा व्यक्त गरेका थिए । कार्यक्रममा उपस्थित अन्य अतिथिहरुले पनि गीतगजल संग्रह र लेखकको साहित्यक योगदानको बारेमा चर्चा गरेका थिए । साथै कार्यक्रममा विभिन्न कवि तथा कवियत्रीहरुले आफ्नो कविता समेत वाचन गरेका थिए ।

गीतगजल संग्रहमा ४६ वटा गित र १७ वटा गजल समावेश गरिएका छन् । साहित्यकार सागर बाबुको यसअघि पनि गीतिसंग्रह ‘तृष्णा’ लोकार्पण भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.