केएफसीको पन्ध्रौं शाखा काठमाडौं मलमा खुल्यो

  २०७९ पुष ८ गते १०:०५     विकासन्युज

काठमाडौं । अन्तर्राष्ट्रिय फुड चेन ब्रान्ड केएफसीले नेपालमा पन्ध्रौं शाखा विस्तार गरेको छ।

काठमाडौं महानगरपालिका वडा नम्बर २२ स्थित कर्मचारी सञ्चयकोष भवन (काठमाडौं मल) मा केएफसी नेपालको आधिकारिक फ्रेन्चाइजर देवयानी इन्टरनेसनल नेपाल प्रालिले केएफसी फ्ल्यागसिप स्टोर सञ्चालनमा ल्याएको हो।

केएफसी रेस्टुरेन्ट स्वादिष्ट चिकेनको परिकार उपलब्ध गराउने रेस्टुरेन्टका रूपमा संसारभर परिचित छ। यस आउटलेटमा केएफसीका विभिन्न चिकेन परिकार जस्तै; हट एन्ड क्रिस्पी चिकेन, चिकेन पपकर्न, चिकेन स्ट्रिप्स लगायत बर्गर र अन्य परिकार पाइन्छ।

नयाँ शाखा सञ्चालनसँगै केएफसीले आउँदै गरेको क्रिसमस र अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा केएफसी सेलेब्रेसन मिल लगायतका नयाँ अफर पनि ल्याएको छ।

यहाँ ग्राहक आफैंले अर्डर गरेर अनलाइन माध्यमबाट रकम भुक्तानी गरी सेवा लिन सक्नेछन्। ग्राहकले कस्टमर डिस्प्ले स्क्रिनबाट आफूले गरेको अर्डर बनिराखेको समेत ट्रयाकिङ गर्न सक्नेछन्।

यो रेस्टुरेन्टमा एक पटकमा ७० जना ग्राहकले सेवा लिन सक्नेछन्। रेस्टुरेन्टले हाल बिहान ९ः०० बजेदेखि राती ९ः०० बजेसम्म डाइन–इन र टेक-अवे मार्फत सेवा दिइरहेको छ।

साथै फुडमाण्डू, भोज डिल र पठाओ फुड डेलिभरी सेवामार्फत परिकार मगाउन सकिनेछ। यस रेष्टुराले १५ जना लाई प्रत्यक्ष रोजगार दिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.