२०७९ पुष ७ गते १६:५५ विकासन्युज
काठमाडौं । लेखक निर्मलकुमार थापाको नयाँ कृति ‘एकान्त’ बिमोचन भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी थापाको नयाँ कृति बिमोचन गरिएको हो ।
कलाकार निखिल उप्रेती, साहित्यकार कुमार नगरकोटी र कलाकार घिमिरे युवराजले एकसाथ रुपमा थापाको नयाँ कृति ‘एकान्त’को बिमोचन गरेका थिए । पुस्तकमा १९ वटा कथा संग्रह रहेको छ ।
लेखकले आफ्नो जीवनयात्रामा ठोक्किएका विषय, दृश्य र र अनुभवलाई गहिरोगरी कथाको रुपमा प्रस्तुत गरेका छन् । लेखकका अनुसार ‘एकान्त एकान्तमा चल्ने घडीले बताएको समय हो ।’ ‘एकान्त खासमा एउटा अन्त हो ।’
Copyright © 2023 Bikash Media Pvt. Ltd.