ग्यापुको टिकटक हिरोका लागि भोटिङ सुरु

  २०७९ पुष ५ गते १४:५२     विकासन्युज

काठमाडौं । अनलाइन सपिङ प्लेटफर्म ग्यापुले आयोजना गरेको ‘टिकटक हिरोज सिजन २’ का लागि भोटिङ सुरु गरेको छ । ग्यापुको मोबाइल एपमा गएर आफूलाई मन पर्ने टिकटकरलाई निशुल्क भोटिङ गर्न सकिनेछ ।

टिकटक प्रयोगकर्तालाई टिकटक हिरोजमा सहभागी हुनका लागि कात्र्तिक ४ देखि १८ गतेसम्म फारम खुला गरिएको थियो । सहभागीमध्ये उत्कृष्ट सय जना छनोट गरी भोटिङ खुला गराएको ग्यापुका बिजनेस डेभलपमेन्ट हेड अभिमन्यु शर्माले बताए ।

उक्त प्रतियोगितामा विजेतालाई ३ लाख ५० हजार, प्रथमलाई २ लाख, दोस्रोलाई १ लाख र तेस्रोलाई ५० हजार रुपैयाँ पुरस्कार तोकिएको शर्मा बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.