लक्ष्मी लघुवित्त १३ औं वर्षमा प्रवेश, ९० शाखामार्फत सेवा प्रवाह

  २०७९ मंसिर १४ गते ९:०६     विकासन्युज

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था बाह्रौं बर्ष पुुरा गरी १३ औं वर्षमा प्रवेश गरेको छ । लघुवित्त आज मंसिर १४ गतेदेखि १३ औं वर्षमा प्रवेश गरेको लघुवित्तले जनाएको छ । लक्ष्मी लघुवित्तले १२औँ बार्षिकोत्सवको अवसरमा संस्थाको केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम समेत आयोजना गरेको छ ।

राष्ट्र बैंकले बैंकहरुलाई सहायक कम्पनी खोल्न दिने प्रावधान ल्याएपछि २०६७ सालमा लक्ष्मी लघुवित्त सञ्चलानमा आएको थियो । लक्ष्मी लघुवित्त २३ नम्बरमा खोलिएको लघुवित्तीय संस्था हो । ग्राहकहरुलाई कमर्सियल बैंकको स्वाद चखाउने गरी स्थापना भएको लक्ष्मी लघुवित्तले आफ्ना सबै सेवा डिजिटलाइजेशन गरेर ग्राहकहरुलाई सेवा दिइरहेको छ ।

लक्ष्मी लघुवित्तले नेपालको लघुवित्त क्षेत्रमा पहिलो पटक सेन्ट्रलाइज कोर बैंकिङ सिस्टम सुरु गरेको हो । पहिला शाखा–शाखामा आफ्नो डाटाराखेर सिस्टम चलाइन्थ्यो तर लक्ष्मीले केन्द्रबाट नै शाखालाई मोनिटरिङ गरेको हो ।

मोबाइल एप चलाउने लक्ष्मी लघुवित्त पहिलो हो । कनेक्ट आइपीएसबाट इसेवा, खल्ति लगायत कारोबार लक्ष्मी लघुवित्तले गरिरहेको छ ।

लक्ष्मी लघुवित्तले ५६ जिल्लामा ९० वटा शाखा सञ्जाल मार्फत आफ्नो सेवा प्रवाह गरिरहेको छ । लक्ष्मी लघुवित्तका ग्राहक सदस्य संख्या १ लाख ५ हजार ८८६ रहेका छन् । लघुवित्तको निक्षेप २ अर्ब ५१ करोड रुपैयाँ रहेको छ भने लगानीमा रहेको कर्जा ७ अर्ब ५७ करोड रुपैयाँ रहेको लघुवित्तले जनाएको छ ।

ससँगै संस्थाले हालसम्म सहयोग गर्ने सबै सरोकारवालाहरुलाई धन्यवाद दिएको छ । र, आगामी दिनहरुमा पनि सबैबाट थप सहयोगको अपेक्षा गरेको संस्थाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.