त्रिभुवन विश्वविद्यालयको ४८ औं दिक्षान्त समारोहमा २८ विद्यार्थीले पदक प्राप्त गर्दै

  २०७९ मंसिर १३ गते ११:००     विकासन्युज

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ४८ औं दिक्षान्त समारोहमा २८ जना विद्यार्थीले दीक्षान्त पदक प्राप्त गर्ने भएका छन् । साथै ती विद्यार्थीहरुले विभिन्न प्रकृतिका पुरस्कार प्राप्त गर्ने विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयले मंगलबार एक सूचना जारी गदैं एमफिल उत्तिण गरेको एक जना, स्नातकोत्तर उत्तिण गरेका १९ जना र स्नातक तह उत्तिण गरेका ८ जना विद्यार्थी दीक्षान्त प्रमाणपत्र तथा पुरस्कार प्राप्त गर्ने जनाएको छ ।

मंसिर २३ गते हुने दिक्षान्त समारोहमामार्फत दिक्षित हुन तथा आफ्नो पुरस्कार ग्रहण गर्नको लागि सम्बन्धित विद्यार्थीले मंसिर १८ गतेभित्र आफ्नो सक्कल ट्रान्सक्रिप्ट र नागरिकताको फोटोकपी सहित परीक्षा नियन्त्रण कार्यालय बल्खुमा सम्पर्क राख्नुपर्ने विश्वविद्यालयले सूचनामा उल्लेख गरेको छ । दीक्षान्त प्रमाणपत्र तथा विस्तृत जानकारी सहितको सूचना मंगलबारको गोरखापत्रमा प्रकाशित गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.