विरेन्द्र महतो सांसद भएपछि उपेन्द्र महतो बने माछापुच्छ्रे बैंकको अध्यक्ष

  २०७९ मंसिर १३ गते ७:५८     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकको अध्यक्षमा डा. उपेन्द्र महतो नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको मंसिर १२ गते बसेको सञ्चालक समितिको बैठकले डा.महतोलाई अध्यक्षमा नियुक्त गरेको हो ।

डा. महतो गैर आवासिय संघका संस्थापक अध्यक्ष समेत हुन् । डा.महतो नेपालका एक सफल उद्यमी पनि हुन् ।

साथै सोही बैठकले बैंकका निर्वतमान अध्यक्ष डा.विरेन्द्र महतोले दिएको राजीनामा स्वीकृत गरेको छ ।

मंसिर ४ गते भएकाे निर्वाचनमा  डा.विरेन्द्र महतो प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । उनी जनता समाजवादी पार्टीका नेता समेत रहेका महताे सिरहा ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

सांसद भएपछि बैंक तथा वित्तीय संस्थाकाे अध्यक्ष वा सञ्चालक बन्न नपाइने कानुनी व्यवस्था छ । साेही कारण विरेन्द्र महताेले बैंककाे अध्यक्ष पदबाट राजीनामा दिएका हुन् । डा. वीरेन्द्र प्रसाद महतो एक उद्यमी र सामाजिक कार्यकर्ता हुन् । उनले बेलारुस राज्य अर्थशास्त्र विश्वविद्यालयबाट अर्थशास्त्रमा पीएचडी गरेका छन् ।

उपेन्द्र र वीरेन्द्र दाजु भाइ हुन् । भाइले राजीनामा दिएपछि दाइ माछापुच्छ्रे बैंककाे अध्यक्ष भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.