२०७९ मंसिर १२ गते १८:०१ विकासन्युज
एजेन्सी । कपाललाई बाक्लो र चम्किलो बनाउन चाहनुहुन्छ भने नुहाउँदा स्याम्फुको प्रयोग निकै महत्वपूर्ण हुन्छ । टाउकोमा मालिस गर्दा रक्तसञ्चारमा सुधार हुन्छ । जसले कपाल बढाउन मद्दत गर्छ । अर्कोतर्फ टाउकोको मसाजका लागि विशेष प्रकारको तेल प्रयोग गर्दा त्यसको पोषक तत्व कपालमा राम्रोसँग पुग्छ। जसले गर्दा कपाललाई नयाँ जीवन र चमक प्राप्त हुन्छ । नुहाउन लाग्दा कपालमा स्याम्फु लगाउनु अगाडि यी तेलहरूले कपालको मसाज गर्न सकिन्छ। यसो गर्दा कपाल लामो र बाक्लो पनि बनाउँछ। यसका साथै कपालमा आद्रता पनि कायम रहन्छ। त्यसोभए जानौं कुन तेलले टाउकोको मसाज गर्दा राम्रो हुन्छ ?
अँडिरको तेल
नरिवलको तेल कपालको स्वास्थ्यको लागी धेरै राम्रो मानिन्छ । तर, तपाईं कपाललाई थप राम्रो बनाउन चाहनुहुन्छ भने नरिवलको तेलमा अँडिरको तेल मिसाएर कपालमा मालिस गर्नुहोस्। यसले कपाललाई बलियो बनाउँछ र बाक्लो हुन थाल्छ। अँडिरको तेलले टाउकोमा मसाज गर्दा यसले प्राकृतिक रूपमा कपाललाई कालो बनाउन मद्दत गर्छ। जसले गर्दा कपालको रंग पनि सुन्दर हुन्छ ।
प्याजको तेल
आजकल तपाईले बजारमा धेरै ब्रान्डका कपालमा लगाउने प्याजको तेल पाउनुहुन्छ। तर, यदि तपाईंले चाहनुभयो भने घरमै पनि यसको उत्पादन गर्न सक्नुहुन्छ । वास्तवमा प्याजले कपालको जरालाई शक्ति दिन्छ । जसका कारण कपाल झर्न रोकिन्छ । प्याजको तेल बनाउन नरिवलको तेल वा तिलको तेलमा प्याजको पेस्ट मिसाएर पकाउनुहोस्। जब प्याजले तेल छोड्न थाल्छ ग्यास बन्द गर्नुहोस्। त्यसपछि यो तेललाई कपडाको सहायताले छान्नुहोस्। यो तेल लगभग पाँच देखि छ महिना सम्म प्रयोग गर्न सकिन्छ। कपालमा स्याम्पु लगाउनु अगाडि यो तेलले मालिस गर्नाले केही दिनमा नै तपाईंको कपालमा फरकपना देखिन्छ ।
नरिवलको तेल
यदि तपाइँ दैनिक रुपमा कपाल चम्किरहेको देख्न चाहनुहुन्छ भने नरिवल तेलको प्रयोग यसको लागि उत्तम विकल्प हो। यसको प्रयोगले कपाल बलियो बनाउँछ। साथै कपाल कालो र बाक्लो हुन्छ।
बदाम तेल
बदामको तेलले कपाललाई पोषण दिन्छ। मनतातो बदामको तेल टाउकोमा लगाउनुहोस् र रातभर छोड्नुहोस्। भोलिपल्ट बिहान धेरै हल्का स्याम्फुले कपाल धुनुहोस्। यो तेल हप्तामा दुई देखि तीन पटक प्रयोग गर्दा तपाईंको कपालले नयाँ स्वस्थता प्राप्त गर्छ । यदि कपाल झर्नु कुनै रोगको कारणले होइन भने यी तेलको मद्दतले कपाललाई पक्कै बलियो र बाक्लो बनाउँछ। अमर उजालाबाट ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.