निफ्राको लेखापरीक्षकको पारिश्रमिक ३ लाख ३९ हजार रुपैयाँ

  २०७९ मंसिर १२ गते ११:०८     विकासन्युज

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले चालु आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गरेको छ । बैंकले आर्थिक वर्ष २०७९/८० को लागि श्री एमजीएस एण्ड एशोसियटस्, चार्टर्ड एकाउण्टेन्टस् लाई लेखापरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो ।

उक्त निर्णयलाई मंसिर १० गतेसम्पन्न बैंकको चौंथो वार्षिक साधारण सभाले स्वीकृत गरेको छ । यससँगै सो कार्यको लागि निजको पारिश्रमिक ३ लाख ३९ हजार रुपैयाँ तोकिएको छ । उक्त पारिश्रमिक कर सहित भएको बैंकले जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.