काठमाडौं । साइबर मन्डेको अवसरमा नेपालका साना तथा मझौला उद्यमहरूलाई बिजबजारले ७५ प्रतिशत सम्म छुट दिने भएको छ ।
नेपाली ट्रेडलाई डिजिटाइज गर्ने लक्ष्यका साथ ‘जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने नारा सहित सञ्चालनमा रहेको ई–कमर्स प्लेटफर्म बिजबजारले साइबर मन्डेको अवसरमा विभिन्न क्याटेगोरीका सामानमा ७५ प्रतिशत सम्म छुट दिने भएको हो ।
बिजबजारले यस अवसरमा कम्प्युटर, ल्यापटप, अफिस सप्लाई, होम अप्लाईन्सेस, मोबाइल र एक्सेसोरिज जस्ता सामानहरूमा भारी छुट प्रदान गर्ने जनाएको छ ।
साइबर मन्डको अवसरमा विश्वभरि अनलाइन सामान किन्न प्रेरित गर्ने उद्देश्यले ग्राहकहरूको लागि विभिन्न छुट प्रदान गरिन्छ ।