कोरियन भाषा परीक्षाको आवेदन खुल्यो, कसरी दिने आवेदन ?

  २०७९ मंसिर १२ गते ८:१२     विकासन्युज

काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियन भाषा परीक्षाको आवेदन खुला भएको छ । इपिएस कोरिया शाखाले आज सूचना जारी गर्दै भाषा परीक्षाका लागि इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको हो । यो पटक सञ्चालन हुने परिक्षाबाट ६००० व्यक्तिलाई उत्तिर्ण गराउने शाखाले जनाएको छ ।

श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कोरियाको रोजगार तथा श्रम मन्त्रालयबीच समझदारी भएअनुसार कोरियामा नेपाली नागरिकलाई कामदारका रूपमा पठाउन उम्मेदवार छनोटका लागि भाषा परीक्षा सञ्चालन गर्न लागिएको हो ।

इच्छुक नेपाली नागरिकले भाषा परीक्षाका लागि निवेदन दिन सक्ने इपिएस कोरिया शाखा ग्वार्को ललितपुरले सूचना निकालेर जानकारी गराएको छ ।

भाषा परीक्षा पहिलो चरणको कृषि तथा पशुपालन क्षेत्रका लागि माघ १६ देखि माघ २७ गतेसम्म हुनेछ । दोस्रो चरण भने फागुन ८ देखि फागुन २६ गतेसम्म भाषा परीक्षा हुनेछ । सीप परीक्षण भने फागुन ३ देखि ५ गतेसम्म र चैत १ देखि ३ गतेसम्म हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.