निर्वाचनमा खर्च भएको रकम बैंकमा भित्रिएन, मंसिरमा २ अर्ब निक्षेप घट्यो

  २०७९ मंसिर ११ गते १७:१२     विकासन्युज

काठमाडौं । निर्वाचनका बेलामा खर्च भएको रकम बैंकिङ्ग प्रणालीमा आउन नसकेको तथ्याङ्क नेपाल बैंकर्स संघले सार्वजनिक गरेको छ । मंसिर ४ गते सम्पन्न भएको निर्वाचन एक साता हुँदा पनि निक्षेप दर खासै वृद्धि हुन नसकेको हो । मंसिरमा ९ दिनको अवधिमा २ अर्ब रुपैयाँ मात्रै निक्षेप घटेको छ ।

नेपाल बैंकर्स संघका अनुसार मंसिर ९ गतेसम्म बैंकहरुको निक्षेप २ अर्ब रुपैयाँ घटेर ४५ खर्ब ६२ अर्ब रुपैयाँ मात्रै संकलन गरेका छन् । यसअघि कात्तिक मसान्तसम्ममा बैंकहरुले ४५ खर्ब ६३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । तर, मंसिर २ गतेको तुलनामा ४ अर्ब रुपैयाँ निक्षेप बढाएका छन् । मंसिर २ गते ४५ खर्ब ५८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका बैंकहरुले मंसिर ९ गतेसम्म ४ अर्ब बढाएका हुन् ।

९ दिनको अवधिमा भने बैंकहरुको कर्जा शुन्यमा झारेका छन् । कात्तिक मसान्तसम्ममा ४२ खर्ब २२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका बैंकहरुले मंसिर ९ गतेसम्म आइपुग्दा सोही बराबरको रकम प्रवाह गरेका हुन् । मंसिर २ गतेको तुलनामा भने २ अर्ब रुपैयाँ कर्जा बढाएका छन् । मंसिर २ गते शुक्रबारसम्म ४२ खर्ब १९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

मंसिर २ गतेसम्म वाणिज्य बैंकहरुको औषत सीडी रेसियो ८६.९१ प्रतिशत रहेकोमा घटेर ८६.८६ प्रतिशत कायम रहेको छ । यसअघि कात्तिक ३० गतेसम्म बैंकहरुको सीडी रेसियो ८७.१९ प्रतिशत थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.