प्रभु बैंक र मर्चेन्ट क्यापिटलबीचको मर्जर/प्राप्ति सम्झौता रद्द

  २०७९ मंसिर ११ गते १०:३९     विकासन्युज

काठमाडौं । प्रभु बैंक र क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सबीच भएको मर्जर/प्राप्ति सम्झौता रद्द भएको छ । यसअघि प्रभु बैंकले क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सबीच मर्जर सम्झौता भएपनि अहिले सम्झौता रद्द भएको सूचना सार्वजनिक गरेका हुन् ।

‘प्रभु बैंक लिमिटेडले क्यापिटल मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडलाई एक्विजिसन (प्राप्ति) गर्ने सम्बन्धमा दुबै संस्थाका तर्फबाट समझदारीपत्रमा हस्ताक्षर भएकोमा क्यापिटल मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडको च.नं.३८ / ०७९/८०, मिति २०७२ मंसिर १ गतेको पत्रबाट सो सम्बन्धी सबै प्रकृया स्थायीरुपमै स्थगित गरी संयुक्त मर्जर तथा एक्विजिसन समिति समेत भङ्ग गर्न अनुरोध गरेकाले यस बैंकको मिति २०७९ मंसिर ८ गते दिनको ४ः०० बजे बसेको सञ्चालक समितिको २६९औं बैठकले सो संस्थाको अनुरोध बमोजिम क्यापिटल मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडलाई एक्विजिसन (प्राप्ति) गर्ने सम्बन्धमा अघि बढाइएको सम्पूर्ण प्रकृया अन्त्य गर्ने निर्णय गरेको व्यहोरा जानकारीका लागि अनुरोध गर्दछु,’ प्रभु बैंकले नेप्सलेलाई पठाएको सूचनामा भनिएको छ ।

अहिले प्रभु बैंक सेञ्चुरी बैंकसँग मर्जरको तयारीमा छ । प्रभु र सेञ्चुरी बैंकबीच १ः१ को सेयर स्वाप अनुपातमा मर्जर सम्झौता भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.