जीवन बीमक संघको अध्यक्षमा पौडेल चयन, उपाध्यक्षमा पराजुली र महासचिवमा खत्री

  २०७९ मंसिर ९ गते २१:४६     विकासन्युज

काठमाडौं । जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुको संगठन जीवन बीमक संघको अध्यक्षमा पोषक राज पौडेल चयन भएका छन् । मंसिर ९ गते सम्पन्न संघको तेश्रो वार्षिक साधारण सभाले पौडेलको नेतृत्वमा ७ जनाको नयाँ कार्यसमिति चयन गरेको हो ।

पौडेल सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत समेत हुन् । साथै, उनी यस संघको निवर्तमान उपाध्यक्ष हुन् । अघिल्लो कार्यसमितिको अध्यक्षमा मेटलाईफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत निर्मल काजी श्रेष्ठ थिए ।

त्यसैगरी, संघको उपाध्यक्षमा प्रवीण रमण पराजुली चयन भएका छन् । उनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत र यस संघको निवर्तमान कोषाध्यक्ष हुन् ।

महासचिवमा ज्योती लाइफ इन्स्योरेन्सका सीईओ प्रकाश विक्रम खत्री चयन भएका छन् । उनी अघिल्लो कार्यसमिति सदस्य थिए । त्यस्तै, एशियन लाइफका सीईओ दिनेशलाल श्रेष्ठ कोषाध्यक्ष बनेका छन् ।

त्यसैगरी, सदस्यहरुमा रिलायबल नेपाल लाइफका नारायणबाबु लोहनी‌, आइएमई लाइफका कवि फुयाल र एलआईसी नेपालका एलपी दास रहेका छन् । जसमध्ये फुयाल अघिल्लो कार्यसमिति सदस्य थिए भने लोहनी र दास भने नयाँ सदस्य हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.