वेस्टर्न युनियनको सुनपती अभियानमा रेविकाले जितिन् १० तोला सुन

<p>काठमाडौं । वेस्टर्न युनियन मनी ट्रान्सफरका प्रमुख एजेन्टहरुले दशैं लक्षित सुनपती अभियानको विजेता घोषणा गरेको छ । दशैं लक्षित सुनपती अभियान रेविका सुनुवार विजेता घोषणा भएकी छिन् । उनले बम्पर लक्की ड्र मार्फत १० तोला सुन जितेकी छिन् । वेस्टर्न युनियनका सुपर एजेन्टहरु, एटीटी रेमिट, सीजी फिन्को, डिजिटेक, हुलास रेमिट्यान्स, माया रेमिट, नबिल बैंक र सूर्य रेमिटका [&hellip;]</p>

काठमाडौं । वेस्टर्न युनियन मनी ट्रान्सफरका प्रमुख एजेन्टहरुले दशैं लक्षित सुनपती अभियानको विजेता घोषणा गरेको छ ।

दशैं लक्षित सुनपती अभियान रेविका सुनुवार विजेता घोषणा भएकी छिन् । उनले बम्पर लक्की ड्र मार्फत १० तोला सुन जितेकी छिन् ।

वेस्टर्न युनियनका सुपर एजेन्टहरु, एटीटी रेमिट, सीजी फिन्को, डिजिटेक, हुलास रेमिट्यान्स, माया रेमिट, नबिल बैंक र सूर्य रेमिटका प्रतिनिधिहरुकाबीच काठमाडौंमा आयोजित कार्यक्रममा विजेताको नाम घोषणा गरिएको थियो ।

यस याेजनामा १० तोला सुनबाहेक विजेताहरुले प्रत्येक हप्ता, दस हप्तासम्म लक्की ड्रबाट १०-१० जनाले चाँदीका सिक्का, मिक्सर ग्राइन्डर र इन्डक्सन चुलो पनि जितेका छन् ।

अभियानमा अहिलेसम्म ३०० विजेताले पुरस्कारहरु प्राप्त गरेका छन् ।

 

Share News