नारायणी डेभलपमेन्ट बैंकका ग्राहकले चितवन मिडटाउन रिसोर्टमा छुट पाउने

  २०७९ मंसिर ८ गते १९:१०     विकासन्युज

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक र चितवन मिडटाउन रिसोर्टबीच व्यवसायीक समझदारी सम्झौता सम्पत्र भएको छ । बैंक र रिसोर्टबीच बैंकका विशेषधिकार कार्ड होल्डरहरुलाई चितवन मिडटाउन रिसोर्टमा छुट दिने सम्झौता सम्पत्र भएको हो ।

उक्त सम्झौतामा नारायणी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत पशुपति पौडेल र चितवन मिडटाउन रिसोर्टका प्रबन्ध निर्देशक मदन घिमिरेले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार बैंकका बिशेषधिकार कार्ड होल्डरहरुले चितवन मिडटाउन रिसोर्टको सेवा उपयोग गर्दा रुम, खाना तथा पेय पदार्थमा १० प्रतिशत छुट प्राप्त गर्ने छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.