२०७९ मंसिर ८ गते १५:५३ विकासन्युज
काठमाडौं । साताको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । बिहीबार नेप्से परिसूचक ११.५६ अंकले बढेर १९३३.५५ अंकमा बन्द भएको छ ।
बिहीबार २३२ कम्पनीको २५ लाख ६९ हजार २२९ कित्ता सेयर १८ हजार ४९५ पटक किनबेच हुँदा ९२ करोड ५१ लाख ७४ हजार ३८० रुपैयाँ बराबरको कारोबार भएको छ ।
बिहीबार अधिकांश समूहमा हरियाली छाउँदा निर्जीवन बीमा समूह भने घटेको छ । बैंकिङ्ग समूह ०.४४ प्रतिशत, विकास बैंक समूह १.११ प्रतिशत, फाइनान्स समूह १.१४ प्रतिशत, होटल तथा पर्यटन समूह ०.०८ प्रतिशत, हाइड्रोपावर समूह ०.५८ प्रतिशत, इन्भेष्टमेन्ट समूह ०.०८ प्रतिशत, जीवन बीमा समूह ०.३० प्रतिशत, म्यानुफ्याक्चरिङ् एण्ड प्रोसेसिङ समूह १.१८ प्रतिशत, माइक्रोफाइनान्स समूह ०.६५ प्रतिशत, म्युचुअल फण्ड समूह ०.३८ प्रतिशत, अन्य समूह १.६९ प्रतिशत र ट्रेडिङ्ग समूह १.२७ प्रतिशत बढेको छ ।
बिहीबार घलेम्दी हाइड्रोपावर कम्पनीको सेयर मूल्य सर्वाधिक बढेको छ । कम्पनीको सेयर मूल्य ६.८३ प्रतिशत बढेको हो । यस्तै, आरएमडिसी लघुवित्तको ६ प्रतिशत, शाइन रेसुङ्ग डेभलपमेन्ट बैंकको ४.८९ प्रतिशतले सेयर मूल्य बढेको छ ।
आज किशान लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै घटेको छ । लघुवित्तको सेयर मूल्य २.८९ प्रतिशतले घटेको हो । यस्तै, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सर्वाधिक कारोबार भएको छ । बैंकको ७ करोड ६२ लाख ४८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.