देशभरको यातायात कार्यालयको सेवा ३ दिन बन्द हुने

  २०७९ मंसिर ८ गते १३:२९     विकासन्युज

काठमाडौं । देशभरको यातयात कार्यालयको सेवा तीन दिनको लागि बन्द हुने भएको छ । यातयात व्यवस्था विभागले बिहीबार सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।

विभागको अनुसार इम्बोस्ड नम्बर प्लेट प्रणालीको सर्भरहरुको विद्युत आपुर्ति प्रणाली युपिएस मर्मत गर्नुपर्ने भएकाले तीन दिनको लागि यातयात कार्यलयहरुको सेवा बन्द हुने भएको हो ।

विभागले मंसिर ९ गतेदेखि ११ गतेसम्म अनलाइन आवेदन तथा यातयात कार्यलयहरुबाट प्रदान गर्ने सेवाहरु बन्द रहने जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

X