एलजीको टिभी किन्दा आकर्षक क्यासब्याकसहित उपहारहरु

  २०७९ मंसिर ६ गते १४:००     विकासन्युज

काठमाडौं । टिभी ब्रान्ड एलजीले आफ्ना टेलिभिजन उत्पादनहरुमा आकर्षक क्यास ब्याक अफरको घोषणा गरेको छ ।

खेलकुदको मौसममा नेपाली दर्शकले चाहेको गुणस्तरीय टेलिभिजनको आवश्यकतालाई केन्द्रित गर्दै कम्पनीले एलजी टिभी हरेक खेलप्रेमीका लागि उपयुक्त विकल्प हुने कम्पनीले बताएको छ ।

यो क्यासब्याक अफर एलजीको स्टेडियम कम्स होम टिभीहरुका लागि मात्र भएको कम्पनीले जनाएको छ । यसमा ओलेड, नानोसेल, युएचडी र स्मार्ट टिभीहरुका विभिन्न आकर्षक मोडलहरु समावेश छन् । कम्पनीको अनुसार ग्राहकहरुले यी टिभीहरु देशभरका कुनै पनि एलजी शोरुम र एलजीको अधिकृत विक्रेताहरुकोमा गएर खरिद गर्न सक्नेछन् ।

कम्पनीका ब्राण्ड म्यानेजर मुकेश बैठाले ३५ प्रतिशतसम्म क्यासब्याक बाहेक ग्राहकहरुले एलजी नानोसेल टिभीको साथ निःशुल्क एलजी साउन्ड बार, निःशुल्क एलजी सर्टिफाइड इन्स्टलेसन, एलजी लोयल्टी क्लब रिवार्ड प्रोग्राम, ० प्रतिशत आकर्षक ईएमआई अप्सन, निःशुल्क डेलिभरी र एक्सचेन्ज अफर पनि पाउने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.