पार्टनरले समय नदिँदा झगडा नगर्नुहोस्, यी टिप्स अपनाउनुहोस्

  २०७९ मंसिर ५ गते १५:५७     विकासन्युज

एजेन्सी । सम्बन्धमा एकअर्कालाई समय दिनुपर्छ तर काममा व्यस्त हुँदा मानिससँग समयको कमि हुन्छ । यस्तो अवस्थामा जब जोडीले एकअर्कालाई समय दिँदैनन्, तब धेरै दूरी बढ्ने सम्भावना हुन्छ । यदि तपाइँको पार्टनर प्रायः व्यस्त हुन्छ, तपाइँको लागि समय दिँदैन भने तब एकआपसमा झगडा पर्ने सम्भावना रहन्छ ।

श्रीमान अथवा श्रीमतीले एक अर्कालाई समय नदिएमा दिनहुँजसो गुनासो गर्ने वातावरण बन्छ । जसले गर्दा दुवै वीचमा झगडा हुन्छ । बिस्तारै दम्पतीबीच झगडा बढ्दै गएर कुरा ब्रेकअपसम्म पुग्छ । धेरै पटक तपाईं आफ्नो पार्टनरलाई डिस्टर्ब गर्न चाहनुहुन्न समयको अपेक्षा गर्नुहुन्छ, यस्तो अवस्थामा यदि पार्टनर धेरै व्यस्त छ भने उसलाई चिन्तित पार्नु र झगडा गर्नुको सट्टा यी टिप्सहरू लिएर उहाँसँग समय बिताउनुहोस्।

पार्टनरसँग कुरा गर्नुहोस्

कुनै पनि समस्या छलफलबाट समाधान गर्न सकिन्छ। यदी तपाईंको पार्टनर अफिसको काममा धेरै व्यस्त छ र तपाईंलाई समय दिन सक्दैन भने उसँग गुनासो वा भावनालाई राम्रोसँग भन्नुहोस । तपाईंले पनि उसको कुरा राम्रोसँग सुन्नुहोस र समस्या अथवा समय अभावको बारेमा राम्रोसँग बुझ्ने प्रयत्न गर्नुहोस । पार्टनरको कामसँग सम्बन्धित कुराहरु बुझेपछि यसले स्पष्ट पार्छ कि पार्टनरले तपाईंलाई कामको कारणले समय दिँदैन वा उसले तपाईंलाई बेवास्ता गर्छ। यसो गर्दा पार्टनरले पनि तपाईको भावना बुझ्न सक्नेछन्।

खुशी हुनुहोस

सुखी सम्बन्धको लागि तपाई आफैं खुसी हुनु आवश्यक छ। यदि पार्टनरले समय दिइरहेको छैन भने दुखी नहुनुहोस् र खुसी हुने प्रयास गर्नुहोस्। जब तपाईं खुसी हुनुहुन्छ पार्टनरले व्यस्तताको बीचमा पनि राहत महसुस गर्नेछ।

घरको भेटघाटलाई आनन्दित बनाउनुहोस

धेरै कामका कारण पार्टनर तपाईसँग कतै जान नसकेको वा धेरै समय बिताउन नसक्ने हुनसक्छ । त्यस्तो अवस्थमा समयको सदुपयोग गर्न सकिन्छ । यदि तपाइँ आफ्नो पार्टनरसँग समय बिताउन चाहनुहुन्छ भने उनीहरूसँग बाहिर जाने बारेमा नसोच्नु राम्रो हुन्छ । बरु घरमा नै बस्ने रमाइलो गर्ने र खुसी हुने वातावरण बनाउँदा उत्तम हुन्छ । जब पार्टनर कामबाट घर फर्कन्छ, आफ्नो मनपर्ने डिनर तयार गरेर सँगै खाने, फिल्म हेर्ने, छलफल गर्ने, करेसाबारीमा काम गर्ने जस्ता कुराहरु गरेर आफ्नो पार्टनरसँग खुसी हुन सकिन्छ ।

सरप्राइज गिफ्ट दिनुहोस

थोरै समयको प्रयोग गरेर पनि सम्बन्धमा खुसी राख्न सकिन्छ । तपाईं आफ्नो पार्टनरलाई समय समयमा सरप्राइज दिएर हरेक समयलाई विशेष बनाउन सक्नुहुन्छ। आफ्नो पार्टनरलाई उपहार दिएर तपाईं आफ्नो सम्बन्धको लागि व्यस्त क्षणहरूबाट केही समय निकाल्न सक्नुहुन्छ। जसले गर्दा दुबै पक्ष एकआपसमा खुसी हुन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.