स्टार्टअप मार्केटिङ कन्टेन्ट व्यवसायको लागि तीन आइडिया

  २०७९ मंसिर ४ गते १६:०८     विकासन्युज

एजेन्सी । व्यवसायको शुरुवात गर्दा थोरै स्रोत र साधनहरुको सहायताले धेरै र ठूला समस्याहरुलाई समाधान गर्नुपर्ने हुन्छ । सामान्य सिद्धान्तले के भन्छ भने जति सक्दो तपाईंको ध्यान आफ्नो प्रयासतर्फ केन्द्रित गर्नुहोस ताकी तपाईंले उच्च सफलता हासिल गर्न सक्नुहोस ।

तपाईंको परियोजनाको मार्केटिङको लागि तपाईंसँग दर्जनौ स्टार्टअप मार्केटिङ रणनीति हुनसक्छन् । ती रणनीतिहरुलाई प्रभावकारी ढंगले लागु गर्ने क्षमता नहुनसक्छ । त्यसैले तपाईंले सबैभन्दा प्रभावकारी रणनीतिलाई छनोट गर्न जरुरी हुन्छ । त्यसैले तपाईंलाई कन्टेन्ट मार्केटिङको लागि उपयोगी हुने केही विषयको बारेमा यहाँ चर्चा गर्न खोजिएको छ ।

१. बजेटको व्यवस्था
यदी तपाईंले अधिक मूल्यको भिडियो सामग्री उत्पादन गर्न चाहनुहुन्छ भने त्यसको लागि निकै धेरै लगानी लाग्न सक्छ । तर, यदी तपाईंले आफ्नो बल्ग वा सोसल मिडियामा लेख्नुहुन्छ भने निकै सस्तो लगानीमा पनि ती कुराहरु सम्भव छ । त्यसमा तपाईंको समय मात्रै खर्च हुन्छ ।
व्यवसायको शुरुवात गर्दा तपाईंसँग धेरै पूँजीको व्यवस्था नहुनसक्छ । तर, तपाईंसँग लगानी जुटाउने, व्यवसाय र मार्केटिङको लागि रणनीति तयार गर्नेजस्ता राम्रोसँग सोँचविचार गरेर लामोसमयसम्म नाफा आर्जन गर्ने योजना निर्माण गर्न भने प्रशस्त समय रहेको छ ।

तपाईंले स्रोतहरुको वृद्धि गरेर कन्टेन्ट मार्केटिङलाई विकास गर्न सक्नुहुन्छ । शुरुमा सानो आकारबाट नै व्यवसायको शुरुवात गर्नुहोस र तपाईंलाई सो व्यवसाय दीर्घकालिन रुपमा राम्रो र फलदायी हुन्छ भन्ने अनुभूति भएपछि प्रशस्त लगानी जुटाउनेतर्फ अगाडि बढ्दा राम्रो हुन्छ ।

२. गुणस्तरीय र पहिलो सामग्री उत्पादन
तपाईंले उत्पादन गरेको सामग्रीको गुणस्तरले नै तपाईंको व्यवसायको शुरुवाती अवस्थालाई सहयोग पुर्याउँछ । पाठकमा भएको समस्या र आवश्यकतालाई लक्षित गरेर तपाईंले सामग्री उत्पादन गर्न सक्नुभयो भने त्यसले तपाईंको सामग्रीको पाठकलाई स्थिर बनाउँछ । तपाईंले उत्पादन गरेको सामग्रीमाथि हुने चर्चाले तपाईंको व्यवसायलाई थप परिस्कृति र सुदृढ हुन सहयोग पुर्याउँछ ।

तपाईंले उत्पादन गरेको सामग्री जस्तै : अन्तर्वार्ता, फिचर आदि बजारमा पहिलो र नेतृत्वदायी बन्न सक्नुपर्छ ।

३. राम्रो प्रविधिमैत्री रणनीतिको निर्माण
पछिल्लो समयमा कन्टेन्ट मार्केटिङ व्यवसायको निकै ठूलो सम्भावना बढ्दै गएको देखिन्छ । यदी तपाईंले उपभोक्ता वा पाठकलाई उपयोगी हुने सामग्रीहरुको उत्पादन गर्न सक्नुभयो तपाईंको व्यवसाय अत्यन्तै धेरै विकास हुनसक्छ । जसले उनीहरुको जीवन र व्यवहारलाई बदल्न वा सहज हुनको लागि सहयोग पुर्याइरहेको हुनुपर्छ ।

इन्टरनेटबाट उत्पादित सामग्रीलाई भाइरल बनाउन सजिलो हुन्छ । तर, त्यसको लागि सामग्री उत्पादनमा राम्रो इन्जिनियरिङ गर्नुपर्ने हुन्छ । एउटा कन्टेन्ट मार्केटिङ गर्ने व्यक्तिले आफ्ना पाठक र सम्बन्धित साझेदार व्यवसायिक प्रतिष्ठानहरुलाई आफ्नो कन्टेन्टमार्फत प्रभावित पार्न सक्नुपर्ने हुन्छ ।

कन्टेन्ट मार्केटिङको विकासका लागि अनिवार्य रुपमा त्यसलाई धेरै मानिस र व्यवसायिक प्रतिष्ठानहरुमा जोड्न अनिवार्य हुन्छ । साथै इन्टरनेट वा गुगल सर्चमा पनि तपाईंले उत्पादन गरेको सामग्री खोज्दा शिर्ष स्थानमा आउनुपर्छ । तपाईंले उत्पादन गरेको सामग्रीमा विश्वसनियता भयो भने तपाईंले लगानी कटौती गर्दा पनि लामो समयसम्म आम्दानी भइरहने सम्भाना रहन्छ ।

अन्तिममा, सुझपूर्ण रुपमा निर्णय लिन सक्दा कन्टेन्ट मार्केटिङले तपाईंको जीवनमा ठूलो आम्दानी सिर्जना गर्न सक्छ । तर, मार्केटिङ कन्टेन्ट व्यवसायका लागि तपाईंसँग प्रविधि र रणनीति निर्माण गर्ने क्षमता हुन अनिवार्य हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.