सधैं व्यस्त हुने व्यापारिक क्षेत्र पनि सुनसान (फोटोफिचर)

  २०७९ मंसिर ४ गते ११:२८     विकासन्युज

काठमाडौं । आज (आइतबार) चुनावको दिन । देशभर मतदान भइरहेको छ । आज नागरिकले आफ्नो प्रतिनिधि छान्ने दिन । आजै हो नागरिकको प्रत्यक्ष मतदानबाट १६५ प्रतिनिधिसभा सदस्य र ३३० जना प्रदेशसभा सदस्य निर्वाचित हुने । नागरिकले आजै प्रतिनिधिससभामा ११० जना समानुपातिक पदका लागि पनि मतदान गर्नेछन् ।

त्यस्तै प्रदेशसभामा २२० जना समानुपातिक पद्धतिबाट निर्वाचित हुनेछन् । प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ निर्वाचन क्षेत्रमा दुई हजार ४१२ उम्मेदवार छन् । प्रतिनिधिसभामा २७५ र प्रदेशसभामा ५५० सदस्य हुन्छन् । जसमा एक हजार ५४५ जना दलका र ८६७ जना स्वतन्त्र उम्मेदवार छन् ।

देशभर कुल १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका निर्वाचन आयोगले जनाएको छ । कुल मतदाताको संख्या अघिल्लो निर्वाचनको तुलनामा करिव १४ प्रतिशत बढी हो ।

आज मतदान गर्नैका लागि मानिसहरु काठमाडौं उपत्यकाबाट गाउँ फर्किएका छन् भने उपत्यकामै भएका मतदाताहरु आफ्नो व्यापार व्यवसाय बन्द गरेर मतदान केन्द्रतर्फ लागेका छन् ।

सरकारले मंसिर ४ र ५ गते सरकारी तथा निजी संघ संस्था तथा संस्थानहरुलाई बन्द गर्ने निर्णय गरेसँगै आज काठमाडौं सुनसान बनेको छ । विशेष गरेर व्यापारिक क्षेत्र मानिने काठमाडौंको दरबार मार्ग, कमलादी र बागबजार क्षेत्र सुनसान बनेका बनेका छन् । यस क्षेत्रका सटरहरुमा आज ताला लागेको छ ।

विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसपछि आर्थिक क्षेत्र खासै माथि उक्लिन सकेको छैन । उद्योगी व्यवसायीहरु समस्यामा परेको गुनासो गरिरहन्छन् । अधिकांश व्यवसायीहरु घरभाडा तिर्नै नसकेर पलायन भएको समाचारहरु पनि विभिन्न समयमा बाहिरी रहन्छन् । तर, आज भने नागरिकहरु स्वस्फुर्त रुपमा मतदानकेन्द्र तर्फ मतदान गर्न जाँदा काठमाडौंका व्यापारिक क्षेत्र मानिने यी क्षेत्रहरु सुनसान बनेका हुन् ।

हेर्नुस् तस्वीरहरु  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.