विश्वकै ठूलो इकमर्स प्लेटफर्म अमेजनले १० हजार कर्मचारी हटाउने, मानिसको ठाउँमा रोबोट राखिने

  २०७९ कार्तिक ३० गते १२:३०     विकासन्युज

एजेन्सी । इ-कमर्स क्षेत्रको विशाल कम्पनी अमेजनले करिब १०,००० कामदारहरुलाई हटाउने तयारी गरेको छ । न्यूयोर्क टाइम्सको रिपोर्टका अनुसार अर्को हप्तामा हजारौंले आफ्नो जागिर गुमाउन सक्छन्। पछिल्ला केही त्रैमासिक अवधिमा नाफामा कटौती देखिएकाले कम्पनीले यस्तो निर्णय गरेको हो ।

अमेजनले आर्थिक मन्दी लगातार बढ्दै गएकोमा आफ्नो खर्च घटाउनुपर्नेमा चिन्ता व्यक्त गरेको छ । कम्पनीले गत साता नै रोजगारी रोक्का गर्ने घोषणा गरेको थियो । कम्पनीले धेरै कर्मचारीहरूलाई अन्यत्र काम खोज्न पनि भनेको छ । यद्यपि अमेजनबाट हटाउने सम्बन्धमा अहिलेसम्म औपचारिक रुपमा कुनै कदम अगाडि बढाइएको छैन ।

३१ डिसेम्बर २०२१ को तथ्याङ्क अनुसार अमेजनमा १६ लाख भन्दा बढी फुल टाइम र पार्ट टाइम कर्मचारीहरूले काम गर्दै आएका छन् । यदि कम्पनीले एकै पटक १०,००० कर्मचारीलाई बर्खास्त गर्‍यो भने यो अमेजनको इतिहासमा यो सबैभन्दा ठूलो कटौती हुनेछ। समग्रमा कम्पनीले आफ्ना १ प्रतिशत कर्मचारीलाई निकाल्ने तयारी गरिरहेको छ ।

पछिल्लो समयमा कम्पनीले काम गर्न धेरै युनिटहरूमा रोबोटको प्रयोगलाई बढावा दिइरहेको छ। अमेजनले पछिल्लो समयमा डेलिभर हुने प्याकेटको करिब ३ चौथाई काममा कुनै न कुनै प्रकारको रोबोटिक प्रणाली प्रयोग गर्ने गरेको छ ।

अमेजन रोबोटिक्सका प्रमुख टाइ ब्राडीले आगामी ५ वर्षमा प्याकेजिङको १०० प्रतिशत काम नै रोबोटिक प्रणाली हुनसक्ने बताएका छन् । उनले भविष्यमा रोबोटले मानव कर्मचारीको स्थान लिने तर धेरै समय लाग्ने संकेत गरे । ब्राडी भन्छन् कि कम्पनीमा काम पक्कै परिवर्तन हुनेछ, तर मानव श्रमको आवश्यकता सँधै नै हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.