२०७९ कार्तिक २७ गते १२:२६ विकासन्युज
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ ।
लघुवित्तले सुपरभाइजर, वरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक, कनिष्ठ सहायक सूचना तथा प्रविधि विभागका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।
उक्त पदहरुका लागि कम्पनीले न्यूनतम प्लस टु तह उत्तीर्ण देखि स्नातक तहसम्म उर्तिण भएको हुनुपर्ने जनाएको छ ।
संस्थाले यी विभिन्न पदको लागि अनलाइनमार्फत् आवेदन दिन सकिने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.