यूनाइटेड इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

<p>काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीले सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समितिको कात्तिक २५ गते बसेको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई ५.२६३२ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर ०.२६३२ प्रतिशत नगद गरी कूल [&hellip;]</p>

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीले सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समितिको कात्तिक २५ गते बसेको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई ५.२६३२ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर ०.२६३२ प्रतिशत नगद गरी कूल ५.२६३२ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

इन्स्योरेन्स कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश बीमा प्राधिकरणको स्वीकृति पश्चात् आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ ।

कम्पनीले आर्थिक वर्ष २०७१/७२ मा २० प्रतिशत र आर्थिक वर्ष २०७२/७३ मा १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

Share News