फेसबुकको कम्पनी मेटाद्वारा ११ हजार कर्मचारी कटौती

  २०७९ कार्तिक २३ गते १८:०६     विकासन्युज

एजेन्सी । फेसबुकको सञ्चालक कम्पनी आम्दानीमा भएको कटौतीका कारण १३ प्रतिशत कर्मचारी कटौती गर्न लागेको जनाइएको छ । नोभेम्बर ९ मा फेसबुकका मालिक मार्क जुकरबर्गद्वारा कर्मचारीहरुलाई लेखिएको पत्रमा फेसबुक निकै आम्दानीमा भइरहेको कमीका कारण निकै ठूलो संकटबाट गुज्रिरहेकोले १३ प्रतिशत अर्थात ११ हजार कर्मचारी कटौती गर्न लागिएको लेखिएको छ । यस्तै कदम ट्वीटरका नयाँ मालिक एलन मस्कले पनि भर्खरै अगाडि बढाएका छन् ।

कोरोना भाइरस महामहारीको समयमा मानिसहरुले सामाजिक सञ्जालको प्रयोग व्यापक मात्रामा गरेकाले बढी आम्दानी गरेको मेटाको विश्वभरी समाज र बजार खुलेसँगै आम्दानी घट्न थालेको छ । पछिल्लो समयमा आर्थिक मन्दीका कारण अनलाइन विज्ञापनको लागि निकै ठूलो चुनौती खडा भएको छ । पछिल्लो गर्मी मौसममा मेटाले इतिहासमा पहिलोपटक निकै ठूलो आम्दानी घट्न पुगेको छ । द हिन्दुबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.