काठमाडौं । मार्जिन कारोबारको लागि ८७ सूचीकृत कम्पनी योग्य देखिएको छन् । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले मंगलबार सार्वजनिक गरेको मार्जिन सुविधा योग्य कम्पनीको सूचीमा ८७ कम्पनी परेका हुन् ।
नेप्सेले सार्वजनिक गरेको कम्पनीको सूचिमा वाणिज्य बैंक समूहबाट १७, विकास बैंकको सूचीबाट ८, लघुवित्तबाट २९, फाइनान्स ५, जलविद्युत कम्पनीबाट १३, जिवन बीमाबाट ४, निर्जिवनबाट ५, निर्माण कम्पनीबाट २, अन्यबाट २, होटेल र लगानी समूहबाट एकरएक कम्पनी परेका छन् ।
सेयर कारोबारीले आफूसँग भएको रकमभन्दा बढी रकममा सेयर खरिद गर्न पाउने सुविधालाई मार्जिन कारोबार भनिन्छ ।
[pdf id=362840]