जनउत्थान सामुदायिक लघुवित्तलाई सीईओ आवश्यकता, आवेदन माग

  २०७९ कार्तिक २२ गते ९:१८     विकासन्युज

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा दरखास्त आह्वान गरेको छ । लघुवित्तले मंगलवार एक सूचना प्रकाशन गरी सीईओ पदका लागि आवेदन आह्वान गरेको हो ।

लघुवित्तको सीईओ पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट चार्टर्ड एकाउन्टेन्सी वा व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्रल, तथ्याङ्कशास्त्र, गसणतशास्त्र, ब्यापार प्रशासन, जनप्रशासन वा कानुन विषयामा स्नातकोत्तर उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्था, सामुदायिक बैंकसँग सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको अनुभव भएको हुनुपर्नेछ ।

साथै स्नातक उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्था सामुदायिक बैंकसँग सम्बन्धित क्षेत्रमा कम्तीमा सात वर्षको अनुभव भएको ब्यक्तिले आवेदन दिन सक्नेछन् ।

दरखास्त दिने उम्मेदवारको उमेर २१ वर्ष पूरा भइ ५० वर्ष ननाघेको हुनुपर्ने छ । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले २१ ीदनभित्र संस्थाको केन्द्रीय कार्यालयमा इमेलमार्फत दरखास्त दिन सक्ने लघुवित्तले जनाएको छ ।

लघुवित्तको कायमुकायम सीईओ सूर्य प्रसाद उपाध्याय छन् । उनलाई कात्तिक १७ गते बसेको सञ्चालक समिति बैठकले कात्तिक १८ गतेदेखि लागू हुने गरेर कामु सीईओको जिम्मेवारी दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.