हामा सहकारीले १ करोड रुपैयाँ कर्जा नतिर्ने ऋणीको धितो लिलाम गर्दै

  २०७९ कार्तिक २१ गते ८:२६     विकासन्युज

काठमाडौं । हामा बहुउद्देश्यीय सहकारी संस्थाले कर्जा नतिर्ने ऋणीको धितो लिलाम गर्ने भएको छ । संस्थाको त्रिपुरेश्वर कार्यालयबाट ऋण लिएका सोम प्रसाद गौतमको धितो लिलाम गर्ने भएको हो ।

ऋणी गौतमले कात्तिक २० गतेसम्मको सावाँ, ब्याज, हर्जना समेत गरी कूल १ करोड ५१ हजार रुपैयाँ तिर्नुपर्ने संस्थाले जनाएको छ ।

ऋणीले ब्यक्तिगत कर्जा शीर्षक अन्तर्गत लिएको ऋण कर्जाको समय–समयमा तिर्नुपर्ने सावाँ ब्याज नतिरी नबुझाई ऋण कर्जा सम्बन्धी शर्त बन्देजहरु उल्लंघन गरेकाले धितो लिलाम गर्ने भएको हो । यसअघि संस्थाले गत बैशाखमा २६ गते ३५ दिने सूचना जारी ऋण कर्जा तिर्न अनुरोध गरेपनि वास्ता नगरेपछि धितो लिलाम गर्ने भएको हो ।

सहकारी ऐन २०७४ को परिच्छेद १४ को दफा ७९ मा व्यवस्था गरे अनुसार र सहकारी नियमावली २०७५ को परिच्छेद ८ को दफा ३० को उपदफा १ को खण्ड ख बमोजिम सुरक्षणमा रहेको अचल सम्पत्ति लिलाम बिक्री गरिने हुँदा लिलाम डाँक बढावढमा बिक्री गर्ने भएको हो ।

ऋणीको नाममा रहेको मालपोत कार्यालय साँखुमा दर्ता रहेको का.जि. सनकोट ८ मा स्थित कित्ता नम्बर ४२६ को ०–८–३–० को जग्गा मंसिर २५ गते लिलाम हुने जनाएको छ ।

2 comments on "हामा सहकारीले १ करोड रुपैयाँ कर्जा नतिर्ने ऋणीको धितो लिलाम गर्दै"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.