अब स्किल सेवासँग मिलेर व्यवसाय गर्न सकिने

  २०७९ कार्तिक १२ गते १४:३१     विकासन्युज

काठमाडौं । युवाहरुलाई लक्षित गरी ‘जे गरौं नेपालमै गरौं’ भन्ने नाराका साथ स्किल सेवाले लोकल बिजनेस पार्टनरसिप योजना ल्याएको छ । सो कार्यक्रममा युवाहरुले स्किलसेवासँग मिलेर काम गर्न सक्ने कम्पनीले जनाएको छ । व्यवसायमा पार्टनरसिप गर्दा आवश्यक पर्ने तालिम, वित्तीय जोखिम, प्राविधिक सहायता, मोवाईल एप र वेबसाइट स्किल सेवाले नै प्रदान गर्नेछ ।

विदेशबाट फर्किएर वा स्वदेशमा रहेर केही गर्न चाहने युवाहरुसँग सहकार्य गर्ने योजना रहेको स्किल सेवाले जनाएको छ । कम्पनीले सो योजनामा काम गर्दा सम्बन्धित व्यक्तिले केही लगानी गर्नुपर्ने, त्यसको स्वामित्व शतप्रतिशत स्वयं व्यक्तिको हुने र कमाईको नाफा बाँडफाँड गर्ने जनाएको छ ।

यो व्यवसायमा लोकल बिजनेस पार्टनरहरुलाई घर मर्मत, पेन्टिङ, प्लम्बिङ, इलेक्ट्रिसियन, आदि जस्ता ३० भन्दा धेरै व्यवसायमा सहयोग गर्ने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.