अब मेनपावरहरुले वैदेशिक रोजगार सम्बन्धी अधिकांश काम बुटवल र पोखरा कार्यालयबाट गर्न सक्ने

  २०७९ कार्तिक ४ गते १५:१९     विकासन्युज

काठमाडौं । मेनपावरहरुले वैदेशिक रोजागार सम्बन्धी अधिकांश कार्यहरु श्रम तथा रोजगार कार्यालय बुटवल र पोखरा कार्यालयबाट समेत गर्न सक्ने भएका छन् । वैदेशिक रोजगार विभागले बिहीबार एक सूचना प्रकाशित गर्दै विभाग तथा अन्य केन्द्रीय कार्यालयबाट सम्पादन हुँदै आएका अधिकांश काम बुटवल र पोखरा कार्यालयबाट हुने जनाएको छ ।

विभागले वैदेशिक रोजगारमा पठाउन माग संख्या निर्धारण गर्ने, स्वीकृतिको लागि निवेदन लिने, पूर्व स्वीकृति दिने, विज्ञापन गरे नगरेको अनुगमन गर्ने, श्रम स्वीकृतिको लागि निवेदन दिने र स्वीकृति दिने काम बुटवल बुटवल र पोखरामा रहेका कार्यालयले गर्न सक्ने जनाएको छ । त्यस्तै ती कार्यालयले व्यक्तिगत रुपमा विदेश जान चाहनेको निवेदन लिने, स्वीकृति दिने र मेनपावरहरुको शाखा कार्यालयको अनुगमन गर्न सक्ने लगायतका कामहरु गर्नसक्नेगरी कानूनअनुसार अधिकार प्रत्यायोजन गरिएको विभागले सूचनामा उल्लेख गरेको छ ।

वैदेशिक राेजगार  विभागकाे सूचना :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.