२०७९ असोज १७ गते १४:१४ विकासन्युज
काठमाडौं । नेपालीहरुको महान पर्व दशैं हर्षाेल्लासका साथ मनाइन्छ । देशविदेशमा काम तथा अन्य शिलशिलाका लागि विदेशमा रहेका नेपालीहरु दशैंको बेलामा गाउँघरमा आएर रमाइलो गर्छन् । वर्षभरिको कामको थकान मेट्ने र आफन्तहरुसँग भेट जुराउने दशैं पर्वले नै हो । बैंकरहरुलाई वर्षभरि नै कामको चटारो हुन्छ । कार्यालय समयमा भेट्ने फर्सद नहुने बैंकर्सहरु यति बेला भने दशैं मनाउन गाउँ फर्किसकेका छन् ।
गोविन्द प्रसाद ढकाल
गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)गोविन्द प्रसाद ढकाल दशैं मनाउन आफ्नो जन्म घर आँधीखोला गाउँपालिका स्याङ्जामा जाने बताउँछन् । उनले आफ्नो ८८ वर्षीय आमाको हातबाट टिका लगाउने बताए ।
‘म अहिले पोखरामा छु, मेरो घर स्याङ्जा आँधीखोला गाउँपालिका हो, गाउँ जान्छ, मेरो दशैं सामान्य हुन्छ, मेरो ८८ वर्षको आमा हुनुहुन्छ, उहाँको हातको टिका लगाएर आशिर्वाद लिन्छु, अनि अन्य व्यक्तिहरुसँग पनि टिका लगाउँछु, दशैंको बेलामा घरमा नै बसेर रमाइलो गर्छु,’ उनले भने ।
शम्भु गौतम
बैंकर्स तथा सिद्धार्थ बैंकका पूर्व सीईओ शम्भु गौतमको जन्मघर पोखरा हो । उनी अहिले पनि पोखरामा नै बस्छन् । उनले परिवारसँग नै दशैं मनाउने बताए । हिन्दुहरुको पर्व दशैं भएकाले आफन्तहरुसँग आशिर्वाद लिएर टिका लगाउने उनले बताए ।
‘घरमा बस्ने हो, रमाइलो गर्ने हो, परिवारसँग दशैं मनाउने हो, परिवार तथा आफन्तहरुसँग भेटघाट र रमाइलो गरिन्छ,’ उनले भने ।
रविनादेशराज श्रेष्ठ
मेगा बैंककी कायमुकायम प्रमुख कार्यकारी अधिकृत रवीनादेशराज श्रेष्ठ आफ्नो मामा–माइजु, फुपु र दाजु–भाउजुको हातबाट दशैंमा टिका लगाउने बताउँछिन् । आफ्नो नातिनीको पहिलो टिका भएकाले धेरै खुसी लागेको उनको भनाइ छ ।
‘दशैंमा परिवारसँग बसेर मनाउने हो, छोरा दशैंको लागि घर आउँदै छ, मेरी नातिनीको पहिलो टिका हो, अझै रमाइलो हुने वाला छ, नातिनीलाई पनि टिका लगाउँछु, मेरो मामा माइजु, फुपु र दाइभाउजुको हातबाट टिका लगाउँछु,’ उनले भने ।
उनले दशैंमा देउताप्रति आस्था राखेको हुँदा त्यो पुरा गर्ने उनले बताइन् । जमरा रोपेकोले जेष्ठ नागरिकसँग गएर टिका लगाउँदै आशिर्वाद लिनले उनको भनाइ छ । साथै, दशैंमा तास खेल्ने, राम्रो लुगा लगाउने, खुसी बाड्ने उनले बताइन् ।
‘दशैंमा देउताप्रति आस्था छ, देउताप्रतिको आस्था पुरा गर्छु, दशैंको पुजा गर्छु,जमरा रोपेकी छु, सबैलाई टिका लगाउँछु, आफ्नो जेष्ठ नागरिकसँग गएर मानसम्मान, आशिर्वाद लिन्छु, हाम्रो जीवन धेरै व्यस्त हुन्छ, दशैंमा भेटघाट गर्न पाइन्छ,’ उनले भनिन्, ‘दशैंमा आफन्तरुलाइ भेट्ने, तास खेल्ने, बच्चाबच्चीसँग जमघट गर्ने, मिठोमिठो खाने, राम्रो लुगा लगाउने, खुसी बाड्ने, खुसी हुने साथीहरु, आफन्तहरु छन् है भनेर मख्ख परेर नक्कल पारेर खाँदै घुम्दै हिड्ने हो ।’
नारायणदास मानन्धर
प्राइम बैंकका सीईओ नारायणदास मानन्धर दशैंमा साथीभाइसँग रमाइलो गर्नुका साथै घुमघाम पनि गर्ने बताउँछन् । आफ्नो परिवार ठूलो भएकाले माहोल पनि रमाइलो हुने गरेको उनको भनाइ छ । उनले आफ्नो ८५ वर्षको बुबाको हातबाट दशैंको टिका लगाउने बताए ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.