एनआईसी एशियाका ग्राहकले भाटभटेनीमा कार्ड वा एपबाट भुक्तानी गर्दा ५०० रुपैयाँसम्म छुट पाउने

<p>काठमाडाैं । एनआईसी एशिया बैंकका ग्राहकहरूले भाटभटेनी सुपरमार्केटमा कार्ड तथा मोबाइल बैंकिङ्ग एपबाट स्मार्ट क्युआर स्क्यान गरी भुक्तानी गर्दा ५०० रुपैयाँसम्म छुट पाउने भएका छन् । बैंकले दशैं, तिहार, छठलगायतका पर्वको पावन अवसरमा डिजिटल कारोबारलाई प्रोत्साहन गर्न असाेज १ गते देखि २०७९ कात्तिक १५ गतेसम्म भाटभटेनी सुपरमार्केटबाट तयारी पोसाक तथा जुत्ताचप्पल खरिद डिजिटल भुक्तानी गर्ने [&hellip;]</p>

काठमाडाैं । एनआईसी एशिया बैंकका ग्राहकहरूले भाटभटेनी सुपरमार्केटमा कार्ड तथा मोबाइल बैंकिङ्ग एपबाट स्मार्ट क्युआर स्क्यान गरी भुक्तानी गर्दा ५०० रुपैयाँसम्म छुट पाउने भएका छन् ।

बैंकले दशैं, तिहार, छठलगायतका पर्वको पावन अवसरमा डिजिटल कारोबारलाई प्रोत्साहन गर्न असाेज १ गते देखि २०७९ कात्तिक १५ गतेसम्म भाटभटेनी सुपरमार्केटबाट तयारी पोसाक तथा जुत्ताचप्पल खरिद डिजिटल भुक्तानी गर्ने ग्राहकलाई उक्त आकर्षक छुटको व्यवस्था गरेको हो ।

बैंकले ‘दशैं–तिहार महोत्सव’ योजनामा पनि भाटभटेनी सुपरमार्केट लगायत सेल्सबेरी, बिगमार्ट, साथीमार्ट (५ वटा शाखामा मात्र) लगायत दर्जनौ मर्चेन्टहरूमा विभिन्न सामग्री खरिद गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म क्यासब्याक तथा छुट उपलब्ध गराइरहेको छ ।

जसअनुसार कात्तिक १५ गतेसम्म सेल्सबेरी, बिगमार्ट र साथीमार्टबाट विभिन्न सामग्रीहरू खरिद गरी यस बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत पिओएस तथा एनआइसी एशिया मोबैंक मार्फत क्युआर भुक्तानी गर्दा १० प्रतिशत वा ३०० रुपैयाँसम्म क्यासब्याक तथा छुट उपलब्ध रहेको छ । त्यसबाहेक उक्त योजनामा विभिन्न ब्राण्डबाट अनलाईन सामग्री खरिद गरी ई–कमर्श भुक्तानी गर्दा २० प्रतिशतसम्म क्यासब्याक तथा छुटको रहेकाे छ ।

Share News