स्मार्ट क्यूआर र नेपालपे क्युआरबीच सम्झौता, एकअर्काको सेवा उपयोग गर्न पाउने

  २०७९ असोज १४ गते १६:४१     विकासन्युज

काठमाडौं । स्मार्टच्वाईस टेक्नोलोजिज तथा नेपाल क्लियरिङ्ग हाउसबीच नेशनल पेमेन्ट स्वीच मार्फत क्युआर अन्तरआवद्धता कायम गर्नका निम्ति सम्झौता भएको छ ।

सम्झौता पत्रमा एससिटीका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुँजु तथा एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिह प्रधानले हस्ताक्षर गरेका छन् ।

एससिटी तथा एनसीएचएल बीचको यो सम्झौतालाई क्युआर अन्तरआवद्धताको क्षेत्रमा एक महत्वपूर्ण कोषेढुङ्गाको रुपमा लिइएको सीइओ सिंहले बताए  ।  यस सम्झौता पश्चात स्मार्ट क्यूआर उपलब्ध रहेका मोबाईल बैंकिङ्ग वा वालेटका ग्राहकहरुले नेपालपे क्युआरका मर्चेन्टहरुलाई क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।

त्यसैगरी नेपालपे कयुआर उपलब्ध रहेका मोबाईल बैंकिङ्ग, वालेट वा कनेक्ट आइपिएसका प्रयोगकर्ताहरुले पनि स्मार्ट क्यूआरका मर्चेन्टहरुलाई भुक्तानी गर्न सक्नेछन् । यसरी ग्राहकहरुलाई दुवै नेटवर्क भित्रका क्युआर सम्बन्धी भुक्तानी गर्न सहज हुनेछ भने बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायक संस्थाहरुलाई पनि छुट्टै मर्चेन्ट आवद्ध गराउन आवश्यक हुने छैन ।

हाल नेपाल पे कयुआरमा ७० हजारभन्दा बढि र स्मार्ट क्यूआरमा १ लाख ६० हजारभन्दा बढि मर्चेन्टहरु आवद्ध रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.