लाभांश प्रस्तावसहित १३ क्यापिटलले डाके एजीएम, एनआईसी एशियाले सर्वाधिक दिँदा ६ वटाले नदिने

  २०७९ असोज १४ गते १२:४९     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा ३० वटा मर्चेण्ट दर्ता छन् । जसमध्ये हालसम्म विभिन्न १३ कम्पनीले आफ्नो वार्षिक साधारण सभा (एजीएम) बोलाएका छन् । आफ्नो वार्षिक साधारण सभाका साथै विभिन्न मर्चेण्ट बैंकहरुले लाभांश वितरण गर्ने प्रस्ताव समेत गरेका छन् ।

विभिन्न कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट चुक्ता पुँजीको लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । केही कम्पनीले साधारण सभा सम्पन्न गरिसकेका छन् भने केही कम्पनीको साधारण सभा हुन बाँकी रहेको छ ।

हालसम्म विभिन्न १३ मर्चेन्ट बैंकले वार्षिक साधारण सभा बोलाएको भएपनि ८ वटा कम्पनीले मात्रै लाभांश वितरण गर्ने भएका छन् । हालसम्म लाभांश घोषणा गरेका कम्पनीहरुमध्ये सबैभन्दा धेरै लाभांश एनआईसी एशिया क्यापिटलले वितरण गर्ने भएको छ । त्यस्तै, सिद्धार्थ क्यापिटलले २५ प्रतिशत, सानिमा क्यापिटलले १५.७८९ प्रतिशत र प्रभु क्यापिटलले ९ प्रतिशत नगद लाभांश वितरण गर्ने भएका छन् ।

लाभांश वितरण गर्ने कम्पनी

बिओके क्यापिटलले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट कायम चुक्ता पूँजीको ५.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । क्यापिटलले अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा १८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । क्यापिटलको असोज ९ गते बसेको सञ्चालक समितिको बैठकले ७ औं वार्षिक साधारण कात्र्तिक ४ गते केन्द्रिय कार्यालय नारायनचौरमा दिउँसो १ बजे बोलाएको छ । क्यापिटलको सभाले प्रस्तावित लाभांश पारित गर्नेछ ।

यस्तै, कुमारी क्यापिटलको चौंथो वार्षिक साधारण सभा भदौ २२ गते सम्पन्न भइसकेको छ । क्यापिटलको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट कायम चुक्ता पूँजीको ५ प्रतिशत अर्थात २ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिसकेको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा क्यापिटलले ९ प्रतिशत अर्थात १ करोड ८० लाख रुपैयाँको नगद लाभांश वितरण गरेको थियो ।

यस्तै, एनआईसी एशिया क्यापिटलको छैटौं वार्षिक साधारण सभा भदौ ८ गते सम्पन्न भइसकेको छ । क्यापिटलको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट कायम चुक्ता पूँजीको ५५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । क्यापिटलले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ४८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

यस्तै, प्रभु क्यापिटलको १४ औं वार्षिक साधारण सभा भदौ ३१ गते सम्पन्न भएको हो । क्यापिटलको सभाले गत आर्थिक वर्षको नाफाबाट ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । अघिल्लो आर्थिक वर्षमा क्यापिटलले १७.६१ प्रतिशत नगद लाभांश र २२.३८८५ प्रतिशत बोनस सेयर गरी कूल ४० प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, आरविवि मर्चेन्ट बैंकिङ्गले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट ७.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै उक्त लाभांश पारित गर्नका लागि असोज ३१ गते राष्ट्रिय वाणिज्य बैंकको केन्द्रिय कार्यालयमा अपरान्ह ४ बजे सातौं वार्षिक साधारण सभा बोलाएको छ । क्यापिटलले अघिल्लो आर्थिक वर्षमा १० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

यस्तै, सानिमा क्यापिटलले सातौं वार्षिक साधारण सभा असोज २६ गते अपरान्ह ४ बजे बोलाएको छ । क्यापिटलले गत आर्थिक वर्षको नाफाबाट १५.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । क्यापिटलले अघिल्लो आर्थिक वर्षमा २५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

यस्तै, सिद्धार्थ क्यापिटलको भदौ १९ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले ११ औँ वार्षिक साधारण सभा असोज २८ गते दिउँसो ३ बजे बोलाएको छ । क्यापिटलको सभाले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पूँजीको २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा क्यापिटलले ४० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

लाभांश वितरण नगर्ने कम्पनी

आर्कस क्यापिटलले आफ्नो वार्षिक साधारण असोज २५ गते बोलाएको छ । क्यापिटलको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले असोज २५ गते रजिष्ट्रर कार्यायलयमा दिउँसो २ बजे वार्षिक साधारण सभा बोलाएको हो । क्यापिटलको सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने लेखा परिक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७८/०७९ को वासलात, नाफा नोक्सान हिासब किताव तथा सोहि अवधिको नगद प्रवाह विवरण माथि छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७०/०८० का लागि लेखा परिक्षक नियुक्त गर्ने र पारिश्रमीक तोक्ने प्रस्ताव पारित गर्नेछ ।

यस्तै, सिबिआईएल क्यापिटलले आफ्नो वार्षिक साधारण सभा बोलाएपनि लाभांश वितरण नगर्ने भएको छ । क्यापिटलले आर्थिक वर्ष २०७७/७८ मा चुक्ता पूँजीको २५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । तर, क्यापिटलले गत आर्थिक वर्ष २०७८/७९ मा भने लाभांश वितरण नगर्ने निर्णय गरेको हो । क्यापिटलको असोज ५ गते बसेको सञ्चालक समितिको बैठकले १६ औं वार्षिक साधारण सभा असोज २८ गते बिहान ११ बजे रजिष्ट्रर कार्यालय डिल्ली बजारमा बोलाएको हो ।

क्यापिटलको सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखा परिक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७८/०७९ को वासलात, नाफा नोक्सान हिासब किताव तथा सोहि अवधिको नगद प्रवाह विवरण माथि छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७०/०८० का लागि लेखा परिक्षक नियुक्त गर्ने र पारिश्रमीक तोक्ने र कम्पनीको नियमावली अनुसार गरिएको संचालक नियुक्त प्रस्ताव पारित गर्नेछ ।

यस्तै, सेञ्चुरी क्यापिटलको असोज ११ गते बसेको सञ्चालक समितिको बैठकले ६ औँ वार्षिक साधारण सभा कात्तिक ४ गते केन्द्रिय कार्यालय कमलादी, काठमाडौंमा बिहान ११ बजे बोलाएको छ । क्यापिटलले गत आर्थिक वर्ष २०७८/७९ मा लाभांश वितरण नगर्ने निर्णय गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा क्यापिटलले चुक्ता पूँजीको ६.२५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

क्यापिटलको सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखा परिक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७८/०७९ को वासलात, नाफा नोक्सान हिासब किताव तथा सोहि अवधिको नगद प्रवाह विवरण माथि छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७०/०८० का लागि लेखा परिक्षक नियुक्त गर्ने र पारिश्रमीक तोक्ने र कम्पनीको नियमावली अनुसार गरिएको संचालक नियुक्त प्रस्ताव पारित गर्नेछ । कम्पनीले समान उद्देश्य भएका अन्य कम्पनीलाई प्राप्ति तथा समाहित गर्न वा अन्य कम्पनीमा गाभ्ने गाभिने कार्य गर्नुपर्ने भएमा सोसँग सम्बन्धित प्रबन्धपत्र, नियमावली संशोधन लगायत आवश्यक सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

यस्तै, हिमालयन क्यापिटलको असोज ४ गते बसेको सञ्चालक समितिको बैठकले ५ औं वार्षिक साधारण सभा कात्तिक १ गते हिमालयन क्यापिटल रजिष्र्टड कार्यालय काठमाडौंमा बिहान ११ बजे बोलाएको हो । क्यापिटलले साधारण सभा बोलाएपनि लाभांश भने वितरण नगर्ने भएको छ । क्यापिटलको सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखा परिक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७८/०७९ को वासलात, नाफा नोक्सान हिसाब किताव तथा सोहि अवधिको नगद प्रवाह विवरण माथि छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७०/०८० का लागि लेखा परिक्षक नियुक्त गर्ने र पारिश्रमीक तोक्ने र स्वतन्त्र तथा महिला संचालक पुनः नियुक्ती गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले समान उद्देश्य भएका अन्य कम्पनीलाई प्राप्ति तथा समाहित गर्न वा अन्य कम्पनीमा गाभ्ने गाभिने कार्य गर्नुपर्ने भएमा सोसँग सम्बन्धित प्रबन्धपत्र, नियमावली संशोधन लगायत आवश्यक सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

यस्तै, मुक्तिनाथ क्यापिटलको १३ औं वार्षिक साधारण सभा भदौ २३ गते सम्पन्न भइसकेको छ । क्यापिटलले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको छ । क्यापिटलले अघिल्लो आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

यस्तै, नेपाल लाइफ क्यापिटलको ९ औं वार्षिक साधारण सभा असोज ३ गते सम्पन्न भइसकेको छ । क्यापिटलले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको छ । क्यापिटलले अघिल्लो आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ५२ प्रतिशत लाभांश वितरण गरेको थियो ।

साधारण सभा बोलाउन बाँकी कम्पनी

आकाश क्यापिटल, सिटिजन्स इन्भेष्मेन्ट ट्रष्ट, सिभिल क्यापिटल, ग्लोबल आइएमई क्यापिटल, गरिमा क्यापिटल, लक्ष्मी क्यापिटल, माछापुच्छ्रे क्यापिटल, मेगा क्यापिटल, नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग, नेपाल बङ्गलादेश क्यापिटल, नेपाल एसविआई मर्चेन्ट बैंकिङ्ग, एनआईविल एस क्यापिटल, एनएमबि क्यापिटल, प्रोभिडेन्ट मर्चेन्ट बैंकिङ्ग, सम्पन्न क्यापिटल र सनराइज क्यापिटलले आफ्नो वार्षक साधारण सभा बोलाउन बाँकी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.